काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा संस्थाले १४ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा २२.२५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १२ करोड ९ लाख खुद नाफा गरेको थियो। 

दोस्रो त्रैमासमा संस्थाको सञ्चालन मुनाफा १३.११ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा १३ करोड ३२ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेकोमा समीक्षा अवधिमा बढेर १५ करोड ७ लाख रुपैयाँ भएको छ। 

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि ५५.९९ प्रतिशतले बढेर ३० करोड ३७ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी १९ करोड ४७ लाख रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा संस्थाले ४ अर्ब ६५ करोड रुपैयाँ सापटी लिई ७ अर्ब ६९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ३ अर्ब १४ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ४८ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। 

संस्थाको चुक्तापुँजी ६७ प्रतिशत बढेर ५५ करोड २५ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको चुक्तापुँजी ३३ करोड ८ लाख रुपैयाँ रहेको थियो। 

संस्थाको रिजर्भको आकार ९४.४३ प्रतिशतले बढेर ३६ करोड ५४ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा रिजर्भमा १८ करोड ७९ लाख रुपैयाँ रहेको थियो। 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५३.५३ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३४.४७ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १६६.१३ रुपैयाँ रहेको छ।