काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको विजयपुर शाखाले सदस्यहरुका लागि आधारभूत तीनदिने डल तथा कुशन बनाउने तालिम सम्पन्न गरेको छ। 

कास्कीको विजयपुरमा माघ २ गतेदेखि शुरुभई ४ गते समापन भएको तालिममा संस्थाका २५ वटा केन्द्रका सदस्यहरु सहभागी भएका थिए। तालिममा डल, कुशनलगायतका सामग्रीहरु बनाउन सिकाइएको थियो। 

कार्यक्रम समापनका क्रममा वित्तीय संस्थाका शाखा प्रबन्धक अनिश पोखरेलले सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै वित्तीय संस्थाले सदस्यहरुलाई कर्जा प्रवाहमात्र नगरी यस्ता सीपमूलक तालिमहरु आयोजना गरी आम्दानीका स्रोत बढाउन, बचत गर्न तथा कर्जा सदुपयोग गर्न उत्प्रेरित गर्दै आइरहेको साथै यस्ता सीपमूलक तालिमहरु आगामी दिनहरुमा समेत सञ्चालन गरिने बताए।  

कार्यक्रममा प्रदेश प्रमुख विनोद पराजुलीले सहभागी तथा प्रशिक्षकलाई प्रमाणपत्र वितरण गर्नुका साथै रविना रिजालले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।