काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–३ सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। 

बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै भोर्लेटार शाखाको मातहतमा रहनेगरी ५२ औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो।

‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २९ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७७ जिल्लामा २८९ शाखा, २६५ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।