काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ग्लोबल इक्विटी फन्ड लिमिटेडलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान गरेको छ।

विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्थाबमोजिम सेबोनले ग्लोबल इक्विटी फन्डलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान गरेको छ। 

अनुमतिपत्र प्रदान गर्दै सेबोन अध्यक्ष रमेशकुमार हमालले ग्लोबल इक्विटी फन्डलाई सफलताको शुभकामना दिएका छन्। उनले कम्पनीका सम्बद्ध पक्षलाई व्यावसायिक र सुशासित रुपमा कार्य सञ्चालन गर्न निर्देशन पनि दिए। 

नवीनतम ज्ञान, सीप तथा क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यमव्यवसायलाई सञ्चालन गर्न र यस्ता नयाँ व्यवसाय सुरुआत गर्न स्वदेशी तथा वैदेशिक लगानीका भेन्चर क्यापिटल, प्राइभेट इक्विटी फन्ड, हेज भण्डजस्ता उपकरणमार्फत लगानीको नयाँ स्रोतको व्यवस्था गर्न सहयोग पुग्ने सेबोनको विश्वास छ। अनुमतिपत्र प्रदान भएसँगै विशिष्टीकृत कोष व्यवस्थापकको कार्य सञ्चालन गर्ने बाटो खुली बजारको थप विकास तथा विस्तार हुने सेबोनको अपेक्षा छ।