काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू (बीओके)बीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।
गत १४ पुस गते बसेको राष्ट्र बैंकको बोर्ड बैठकले ग्लोबल आइएमई र बीओके)बीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो। ‘राष्ट्र बैंकले ग्लोबल आइएमई र बीओकेबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ’, राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टरले भने।
अन्तिम स्वीकृति प्रदान गर्नुअघि एकीकृत संस्थाको नाममा ‘बैंक’ शब्द राख्न राष्ट्र बैंकले निर्देशन दिएको थियो। तर, दुवै बैंकको गत मंसिर २३ गते सम्पन्न वार्षिक साधारणसभाबाट भने मर्जपछि बन्ने एकीकृत संस्थाको नाम ‘ग्लोबल आइएमई बीओके लिमिटेड’ राख्ने प्रस्ताव पारित भएको थियो।
साधारणसभापछि दुवै बैंकले मर्जरको अन्तिम स्वीकृतिका लागि गत मंसिर २८ गते राष्ट्र बैंकमा संयुक्त निवेदन दिएका थिए। ‘तर राष्ट्र बैंकले एकीकृत संस्थाको नाममा बैंक पनि राख्नुपर्ने निर्देशनपछि दुवै बैंकको संयुक्त मर्जर समितिले मर्जरपछि एकीकृत संस्थाको नाममा संशोधन गर्दै ‘ग्लोबल आइएमई बैंक लिमिटेड’ राख्ने निर्णय गरेको हो’, ग्लोबल आइएमई बैंकको एक अधिकारीले भने, ‘सोही नामसहित दुवै बैंक अन्तिम स्वीकृतिका लागि फेरि राष्ट्र बैंक पुगेका थिए।’
त्यसपछि राष्ट्र बैंकले दुवै बैंकबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो।
ग्लोबल आईएमई र बीओके १ः१ सेयर स्वाप अनुपातमा मर्ज हुँदैछन्।
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago