काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। 

संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ५५ करोड २५ लाख ८९ हजार ३२६ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने ११ करोड ५ लाख १७ हजार ८६५.२० रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा १२ प्रतिशतले हुन आउने ६ करोड ६३ लाख १० हजार ७१९.१२ रुपैयाँबराबरको बोनस सेयर र ८ प्रतिशतले हुन आउने ४ करोड ४२ लाख ७ हजार १४६.०८ रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।