काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ग्लोबल आइएमई बैंकको रु. ५ अर्बको ऋणपत्र सूचीकृत भएको छ।
ग्लोबल आइएमई बैंक र नेप्सेबीच आज ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४÷२०८५’ नामक ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएको छ।
नेप्सेमा यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ सूचीकृत भएका छन्। नेप्सेले यो ऋणपत्रलाई ‘जीबीआईएल८४÷८५’ कारोबार संकेत प्रदान गरेको छ।
बैंकले केही समयअघि उक्त ऋणपत्र सर्वसाधारणलाई बिक्री गरेको थियो। बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको थियो।
यो ५ वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ११.२५ प्रतिशत ब्याज पाउनेछन्।
10 hours ago
21 hours ago
21 hours ago
22 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago