काठमाण्डौ । नेपाल राष्ट्र बैंकको मर्जरको अन्तिम स्वीकृति पाएपछि ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालको एकीकृत कारोबार सुरु यही मंसिर २० गते शुक्रबारबाट सुरु हुने भएको छ ।

राष्ट्र बैंकको गत मंगलबार बसेको सञ्चालक समिति बैठकले ग्लोबल आईएमई बैंक र जनता बैंकको मर्जरमा अन्तिम स्वीकृति प्रदान गरेको थियो । मर्जरपछि बैंकको नाम ग्लोबल आइएमई बैंक लिमिटेड नै रहनेछ । बैंकको केन्द्री कार्यालय काठमाण्डौको कमलादीमा रहनेछ ।

मर्जरपछि बैंकको सञ्चालक समितिमा ग्लोबलका पाँचजना र जनता बैंकका दुईजना हुनेछन् । एकीकृत बैंकको अध्यक्षमा चन्द्रपसाद ढकाल नै हुनेछन् । सीईओमा जनताका पर्शुराम कुँवर क्षेत्री रहनेछन् ।

ग्लोबल आईएमई बैंक र जनता बैंकबीच १ः०.८५ सेयर स्वाप अनुपातमा मर्जर प्रक्रिया टुंगिएको हो ।