-प्रकाश बन्जारा 
युएई । ग्लोबल आईएमई बैकले दशैँ तिहारको अवसरमा युएईबाट रेमिट्यान्स गर्ने नेपालीका लागि नयाँ योजना सार्वजनिक गरेको छ । 

गत अक्टोबर १७ तारिखदेखि आगामी नोभेम्बर १५ तारिखसम्मका लागि ल्याइएको योजनामा सहभागी हुन युएईमा रहेका नेपालीले ईमिरेट्स ईन्डिया इन्टरनेशनल एक्सचेन्जबाट नेपालमा पैसा पठाउने ग्राहकका आफन्तले नेपालको ग्लोबल आइएमई बैँक मार्फत रकम प्राप्त गर्नुपर्नेछ । यस्ता ग्राहकलाई ग्लोबल आईएमईले नै ५० रुपैया मोबाइलमा रिचार्ज अथवा टपअप गरिदिने बताइएको छ । 

आफ्ना नियमित ग्राहकलाई दशैँतिहारको अवसरमा शुभकामना सहित वडा दशैँ ग्लोबल आईएमईको साथमा, मोबाइल टप अप हातमा नामक हात खाली नजाने उपहार योजना ल्याएको बैँकका युएई प्रमुख माधव रेग्मी बताउँछन् । आईएमई  र जीएमई पेमेन्ट पार्टनर रहेको ग्लोबल आईएमई बैकका माधव रेग्मी र अर्जुन चापागाईले युएईमा बैँकिङ्ग सहजीकरण गर्दै आइरहेका छन् ।