काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । 

निगमले पेट्रोलको मूल्य प्रतिलिटरमा एकरुपैयाँ घटाएको हो । अब पेट्रोल प्रतिलिटर १०३ रुपैयाँमा खरीद गर्न पाइनेछ । पेट्रोलको नयाँ मूल्य आइतबार मध्यरातिदेखि नै लागू हुने निगम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । 

अन्य पेट्रोलियम पदार्थको मूल्य पनि यथावत राखिएको छ । पेट्रोलको मूल्य समायोजनपछि निगमको पाक्षिक नाफा १५ करोडको हाराहारीमा हुने गोइतको भनाई छ ।