काठमाण्डौ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । 

चाडपर्वको अवसरमा उपभोक्तालाई सहुलियत दिन हवाई इन्धनको मूल्य घटाइएको निगमका प्रवक्ता भानु खनालले बिजशालालाई बताए । 

उनका अनुसार आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रति लिटरमा ५ रुपैयाँले घटी ९४ रुपैयाँ कायम गरिएको छ । 

उता, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलो लिटर ५० डलर घटाएर ८ सय ३१ डलर कायम गरिएको छ । 

समायोजित नयाँ मूल्य शुक्रबार मध्यराति १२ बजेदेखि नै लागू हुने उनले जानकारी दिए । 

निगमले खाना पकाउने एलपीजी ग्याँसको मूल्य पनि यसअघि घटाइसकेको छ । चाडपर्वमा उपभोक्तालाई राहात दिन ग्यासको मूल्य घटाइएसँगै हवाई इन्धनको मूल्य पनि घटाइएको खनालले बताए । उनका अनुसार अन्य पेट्रोलियम पदार्थको मूल्य भने तत्काल घट्दैन ।