काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ७०० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २४० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २५० रुपैयाँमा किनबेच भएको थियो।
43 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago