काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार रुपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २३५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार २४० रुपैयाँमा किनबेच भएको थियो।