काठमाण्डौ । सुनको भाउ सोमबार ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९७ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ८०० रुपैयाँमा झरेको छ। 

हिजो आइतबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार २३५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार २५० रुपैयाँमा किनबेच भएको थियो।