काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएसँगै आन्तरिक रुटको हवाईभाडा पनि घटेको छ । निगमले सोमबार हवाई इन्धनको मूल्य प्रतिलिटरमा १० रुपैयाँले घटाएको थियो । 

योसँगै बायुसेवा सञ्चालक संघले विभिन्न हवाई रुटको भाडा घटाउने निर्णय गरेको हो । चैत २२ गतेदेखि लागू हुने गरी नयाँ हवाई भाडादर कायम गरिएको छ । 

संघका अनुसार सबैभन्दा धेरै भाडा विराटनगर-नेपालगञ्ज रुटमा घटेको छ । साबिकमा यो रुटको हवाईभाडा ९१३० तोकिएकोमा ५३५ रुपैयाँले घटेर अब ८५९५ कायम भएको छ । 

त्यसपछि काठमाण्डौ-धनगढीको भाडा घटेको छ । यो रुटको भाडा ४४० रुपैयाँले घटाइएको छ । हाल ७ हजार ५१० रहेको भाडा घटेर अब ७ हजार ७० कायम भएको छ । 

काठमाण्डौ-सीमराको भाडा सबैभन्दा कम घटेको छ । १ हजार ५३० रहेको यो रुटको भाडा ९० रुपैयाँले घटेर १४४० कायम भएको छ । 

पोखरा-भद्रपुर रुटको भाडा पनि ४०५ रुपैयाँले घटेको छ । हाल ६ हजार ८८५ रहेको भाडा घटेर ६ हजार ४८० कायम भएको हो । 

काठमाण्डौबाट-माउण्टेन फ्लाइटको भाडा ३४५ रुपैयाँ घटेको छ । काठमाण्डौ-भद्रपुरको भाडा ३०० रुपैयाँ, काठमाण्डौ-विराटनगर भाडा २४० रुपैयाँ, काठमाण्डौ-नेपालगञ्जको भाडा ३२५ रुपैयाँ, काठमाण्डौ-सुर्खेतको भाडा ३४५ रुपैयाँ, पोखरा-विराटनगरको भाडा ३५५ रुपैयाँ, पोखरा-धनगढीको भाडा ३४५ रुपैयाँ, विराटनगर-भैरहवा रुटको भाडा ३९० रुपैयाँले घटेको छ । 

बाँकी कुन रुटको भाडा कति घट्यो ? सूची हेर्नुहोस्: