काठमाण्डौ । नेपाल आयल निगमले अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य घटाएको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच आइतबार भएको छलफलपछि अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य घटाउने विषयमा सहमति बनेको थियो। सोहीअनुसार निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी हवाई इन्धनको मूल्यमा २० प्रतिशत कटौती गरेको हो। 

आइतबार बसेको निगम सञ्चालक समितिले कोभिडको अवस्था रहुन्जेल अन्तर्राष्ट्रिय हवाई इन्धनमा बढीमा १५ प्रतिशतसम्म नाफा राखी मूल्य निर्धारण गर्ने नीति पारित गरेको हो । यसअघि अमेरिकी डलर ८९३ प्रतिकिलोलिटर रहेको अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर ७१५ कायम गरिएको छ। निगमले एकैपटक प्रतिकिलोलिटर अमेरिकी डलर १७८ ले मूल्य घटाएको हो।

अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य घटेसँगै नेपाल वायुसेवा निगमले वाइडबडीको भाडामा १३ प्रतिशत र न्यारोबडीको भाडामा १५ प्रतिशतसम्म कटौती गरेको छ।