काठमाण्डौ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले यसपटकको संसदीय निर्वाचनमा ‘सरप्राइज’ दिने देखिएको छ । 

समानुपातिकतर्फ देशैभर सो पार्टीको चुनाव चिन्ह ‘घण्टी’मा मतदान गर्नेको लहर नै देखिएको छ । सामाजिक सञ्जालहरुमा युवा तथा परिवर्तनकामी मतदाताले घण्टीमा मत हालेको बताइरहेका छन् । पूरापूर सामाजिक सञ्जाल घण्टीको पक्षमा देखिएको बेला लामिछानेको दलले प्रत्यक्षतर्फको सिटमा कहाँ–कहाँ सरप्राइज दिन्छ होला त ? 

‘फ्याक्टस् नेपाल’ नामक संस्थाले गरेको ओपिनियन पोलको नतिजाअनुसार लामिछाने नेतृत्वको पार्टीले चितवनका तीनवटै क्षेत्रमा शानदार जित हासिल गरी ‘क्लीन स्वीप’ गरी ‘बिग सरप्राइज’ दिनसक्छ । चितवनमा रवि लामिछाने स्वयम् प्रतिनिधिसभा सदस्यको उम्मेद्वार छन् । त्यहाँको तीनवटै निर्वाचन क्षेत्रमा घण्टीले बाजी मार्ने पोलको सर्वेक्षणको क्रममा देखिएको छ । 

यसैगरी, लामिछाने नेतृत्वको दलले दाङ, सल्यान, बारा लगायतका जिल्लामा पनि सरप्राइज दिनसक्ने देखिएको छ । 

कांग्रेस नेता अर्जुन नरसिंह केसीलाई फराकिलो मत अन्तरले हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारले प्रत्यक्षतर्फ जित हासिल गर्ने सर्वेक्षणका क्रममा देखिएको छ । नुवाकोटको क्षेत्रनम्बर २ बाट कांग्रेस नेता सिंह प्रत्यक्षतर्फ उम्मेद्वार छन् । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुमनविक्रम पाण्डे उम्मेद्वार छन् । यस्तै, एमालेबाट नारायणप्रसाद खतिवडा, राप्रपाबाट झनक प्याकुरेल लगायत चुनावी मैदानमा छन् । 

काठमाण्डौमा पनि ३ वटा निर्वाचन क्षेत्रमा यो पार्टीको जित हुनसक्ने देखिएको छ ।