– रेखा चन्द

काठमाण्डौ । घरजग्गाको कारोबारमा देखिएको मन्दी गहिरिँदै गएको छ। देशभर नै घरजग्गाको कारोबार सुस्ताएको छ। 

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार चालुु आर्थिक वर्षको पहिलो महिना साउनमा ३३ हजार ३४ घरजग्गा किनबेच भएको छ। जुुुन असारको तुलनामा १३ हजार २४ कम हो। असारमा कुल ४७ हजार ८२ घरजग्गा खरिदबिक्री भएको थियो।

अघिल्लो आर्थिक वर्ष २०७७–७८ साउन मसान्तको तुलनामा आर्थिक वर्ष २०७८–०७९ मा ६८ प्रतिशतले घरजग्गाको कारोबारमा गिरावट आएका थियो। यस्तै साउनमा घरजग्गाबाट देशभर २ अर्ब ७३ करोड रुपैयाँमात्रै राजस्व उठेको छ भने असारमा ६ अर्ब रुपैयाँभन्दा बढी राजस्व उठेको थियो। यी तथ्यांकहरुले पुुष्टि गर्छ कि घरजग्गाको कारोबारमा मन्दी थप चुुलिँदै गएको छ। 

घरजग्गाको कारोबारमा मन्दी आएसँगै कतिपय सहकारी डुुबिसकेका छन् भने कतिपय सहकारी डुुब्ने अवस्थामा छन्। आफ्नो ठूलो हिस्सा घरजग्गामै लगानी गर्दै आएकाले सहकारीहरु समस्याग्रस्त बन्न पुगेका हुन्। 

घरजग्गा कारोबारमा देखिएको मन्दीले सहकारीमा मात्रै नभई सम्रग बैंकिङ क्षेत्रसमेत समस्या देखिन सक्ने संकेत देखिएको छ। किनकि बैंकहरुले प्रवाह अधिकांश कर्जाको धितो घरजग्गा नै हुने गरेको छ। बैंकहरुले झन्डै ९० प्रतिशत कर्जा घरजग्गा धितोमा प्रवाह गरेका छन्। त्यसैले घरजग्गामा मन्दी समस्या स्वतः सहकारीसँगै बैंकसम्म पनि निम्तिन सक्ने देखिएको हो। 

घरजग्गाको कारोबारमा मन्दी लामो समयसम्म रहे बैंकहरुको कर्जा असुुलीमा ठूलै समस्या देखिनसक्ने जानकारहरु बताउँछन्। 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी मंसिर २३ सम्ममा जग्गाको वर्गीकरण गर्न स्थानीय तहलाई निर्देशन दिएसँगै वर्गीकरणको नगरी जग्गा कारोबार गर्न बन्देज लगाएको छ। यस्तै राष्ट्र बैंकले पनि चालुु आर्थिक वर्षको मौद्रिक नीतिमा घरजग्गा धितो राखी नयाँ कर्जा प्रवाह गर्दा कर्जा थप वा कर्जा नवीकरण गर्दा कर्जा र सोको धितो सुरक्षणका फेयर मार्केट भ्यालीबीचको अनुपात काठमाण्डौ उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म मात्र कायम गर्नुपर्ने व्यवस्था गरेको छ। गत वर्ष यस्तो अनुपात काठमाण्डौ उपत्यकाभित्र बढीमा ४० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ५० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्थो थियो। मन्त्रालय र केन्द्रीय बैंकले गरेको यस्तो कडाइले गत साउनबाट घरजग्गा कारोबारमा भारी आएको हो। 

त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले तरलताका अभावका बीच कर्जा दिन नसक्दा पनि घरजग्गा कारोबारमा कमी आएको देखिन्छ। 

पूर्वबैंकर अनलराज भट्टराई घरजग्गाको कारोबारमा मन्दी आउँदा बैंकहरुले केही होसियारी अपनाउनुुपर्ने बताउँछन्। ‘घरजग्गामा आएको मन्दीले बैंकिङ प्रणालीमा नकारात्मक असर पार्छ’, उनले भने, ‘यस्तो समस्या आउन नदिन क्षमताभन्दा बढी कर्जा लिनेहरुलाई अलि विचार गर्नुुपर्छ।’ 

भट्टराई घरजग्गामा आएको मन्दीले बैंकहरुको कर्जा असुुलीमा तत्कालै प्रभाव नपर्ने बताउँछन्। ‘अहिले तत्कालै समस्या नदेखिएला तर अर्को एक वर्षसम्म पनि मन्दी कायमै रहे बैंकहरुलाई समस्या पर्न सक्छ।’ 

आव २०५१–५२ मा पनि घरजग्गामा मन्दी आएको भट्टराईले स्मरण गरे। ‘प्राइसहरु करेक्सन भएको थियो’, उनले भने, ‘बैंकको सबै कर्जा घरजग्गाकै आधारित हुन्छ। अहिले स्टक मार्केट नै हेर्ने हो भने पनि स्टकमा गएका कर्जा खत्तम भयो भन्ने थियो तर त्यस्तो भएन। त्यसकारण बैंकहरु त्यति असुरक्षित चाहिँ छैनन् र यो साइकल एक–डेढ वर्षमा परिवर्तन भईाल्छ। अहिलेको स्थिति हाम्रा कारणले नभई ग्लोबलमै मूूल्यवृद्धि भएकाले आएको हो।’

यस्तो अवस्थामा राष्ट्र बैंकले नीतिगत परिवर्तन गर्नुपर्ने भट्टराईको भनाइ छ। ‘बैंकहरुले पनि राष्ट्र बैंकले गरेको नीतिगत परिवर्तनलाई पालना गर्नुपर्छ’, उनले भने, ‘हाम्रो अर्थतन्त्रले अमेरिकामा भएको जस्तो मन्दीलाई थेग्न सक्दैन। तथापि यो समस्या तल–माथि भए सरकार तथा राष्ट्र बैंकबाट केही न केही पोलिसी इन्टरभेन्सन हुन्छ। नभए बैंक तथा वित्तीय संस्थाहरु नै नराम्रो अवस्थामा पुुग्छन्। त्यसैले अहिलेको अवस्थामा बैंकहरु प्रोटेक्टेड नै हुन्छन्।’

पूूर्वबैंकर भट्टराईले बैंकले ग्राहकको मागपछि मात्रै कर्जा दिने र माग नभए पुरानो कर्जालाई व्यवस्थित गर्नुुपर्ने बताए। ‘अहिले महँगोमा कर्जा लिने चाहने व्यक्ति हुन्छन्। तर, कर्जा दिन सक्छुु भन्दै दिने बेला होइन’, उनले भने, ‘त्यसैले नयाँ कर्जा कम दिने र पुुरानो कर्जामा पनि सकिन्छ भने सबै ग्राहकलाई डिफल्ट नहुने गरी कार्य गर्नुपर्छ। जसले कर्जा तिर्न सक्छ उसलाई समस्या छैन तर जसले ३–४ वटा घर राखेर स्सपेकुुलेशनमा काम गरिरहेका छन्। त्यस्तोलाई बैंकहरुले निगरानीमा राख्नुुपर्छ। यसका साथैै उनीहरुलाई घाटामै भए पनि १–२ वटा सम्पत्ति बेचेर कर्जालाई व्यवस्थित गर भन्नुपर्ने हुन्छ।’

पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्री विश्वमै मन्दी रहेकाले त्यसको केही असर नेपालको अर्थतन्त्रमा पर्ने बताउँछन्। ‘हाम्रो सानो अर्थतन्त्र भएकाले थोरै असर त पर्ला तर ठूलो अर्थतन्त्र भएको जस्तो असर पर्दैन’, उनले भने, ‘घरजग्गा मन्दी आएका बेला बैंकहरुले यसबाट बच्न धेरै एग्रिसिभ हुुन हुँदैन। कर्मचारीहरुलाई ट्रेनिङ दिने, आफ्नो पोर्टफोलियोलाई ठीक बनाउने, सिस्टमलाई अबग्रेट गर्दा भोलि अर्थतन्त्र ठीक हुनेत्रित्तिक्कै अगाडि बढ्न सकिन्छ’, उनले भने।

शाइन रेसुुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट घरजग्गामा मन्दी आउँदा बैंकहरुलाई भन्दा ऋणीहरुलाई अप्ठ्यारो हुने बताउँछन्। ‘अहिलेको अवस्था हेर्दा बैंकहरुलाई धेरै असर पर्नुपर्ने हो तर मानिसहरुले कहीँ न कहीँबाट जोहो गरेर कर्जा तिर्ने हुुनाले यसको असर देखिएको छैन’, उनले भने।

कित्ताकाटमा बन्देज लगाउँदा घरजग्गामा बढी मन्दी आएको बिष्टको भनाइ छ। ‘जग्गाको कित्ताकाट खुल्नेबित्तिकै मानिसहरु कर्जा सल्टाउनतिरै लाग्छ र समस्या हट्दै जान्छ’, उनले भने।