काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। 

समीक्षा अवधिसम्म कम्पनीले ३ करोड ६० लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि कम्पनीले २ करोड ४६ लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो। 

चौथो त्रैमाससम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि घटेर २ करोड ६२ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष विद्युत बिक्रीबाट कम्पनीले २ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको थियो। अन्य स्रोतबाट आम्दानी पनि ६ करोड ५४ लाख रुपैयाँबाट घटेर ६५१ रुपैयाँमा झरेको छ।

चुक्तापुँजी ५५ करोड रहेको कम्पनीको रिजर्भ ४ करोड ४० लाख रुपैयाँले ऋणात्मक छ। अघिल्लो वर्ष रिजर्भमा २ करोड १२ लाख रुपैयाँ थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ६.५५ रुपैयाँले ऋणात्मक रहेको छ। प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ रहेको कम्पनीको पीई रेसियो ३१.७६ गुणाले ऋणात्मक छ।