काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ।
समीक्षा अवधिसम्म कम्पनीले १ करोड ५४ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड ४७ लाख रुपैयाँ घाटा व्यहोरेको हो।
चौथो त्रैमाससम्म कम्पनीको सञ्चालन घाटा बढेर ७ करोड ३१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सञ्चालन घाटा २ करोड ९० लाख रुपैयाँ थियो।
आयोजना निर्माणाधनी अवस्थामा रहेको यो कम्पनीको अन्य स्रोतबाट हुने अम्दानी १ लाख ४ हजार रुपैयाँ रहेको छ।
चुक्तापुँजी ६ अर्ब रुपैयाँ रहेको कम्पनीको रिटेन अर्निङ ३० करोड २७ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष रिटेन अर्निङ २८ करोड ७२ लाख रुपैयाँले ऋणात्मक थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ०.२६ रुपैयाँले ऋणात्मक रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ९४.९५ रुपैयाँ रहेको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago