-भक्तराज रसाइली
काठमाण्डौ । धितोपत्र दलाल व्यवसायी(स्टक ब्रोकर) पनि एकआपसमा मर्ज हुने मूडमा पुगेका छन् ।

दोस्रो बजारमा धितोपत्र खरिदबिक्रीमा मध्यस्थता गर्दै आइरहेका ब्रोकरहरुले समेत पछिल्लो समय मर्जरका लागि पार्टनर खोजिरहेका स्रोतले दाबी गरेको छ ।

ब्रोकरहरुको शाखा बिस्तार तथा प्रादेशिक स्तरमा थप ब्रोकर संचालन गर्न दिने विषयमा नेप्से र धितोपत्र बोर्डले तयारी गरिरहेका बेला अस्तित्वमै रहेका कतिपय ब्रोकर भने धान्नै नसक्ने घाटामा रहेका छन् । उनीहरुका लागि एकआपसमा मर्ज भई ठूलो कम्पनी बन्नेबाहेक अर्को राम्रो विकल्प नरहेको स्रोतहरु दाबी गर्छन्।  

बाहिरबाट हेर्दा निकै आकर्षक लागे पनि हाल संचालमा रहेका ब्रोकर कम्पनीहरुको अवस्था भित्रभित्रै दयनीय बन्दै गएको छ । लगानीको वार्षिक प्रतिफल समेत न्यून भएपछि पछिल्लो समय ब्रोकरहरु एकआपसमा मर्ज हुने विषयमा छलफल गरिरहेका छन् । 

हाल नेपालमा रहेका ५० स्टक ब्रोकरहरुमध्ये आधा जति घाटामा सञ्चालन भइरहेका जिकिर गर्दै ब्रोकर स्रोतले अन्तर्राष्ट्रिय अभ्यास अनुसारका ब्रोकरहरुका प्रडक्ट दिन नियामकको अवरोध झेल्नु परेको बताउँछ ।

हाल ब्रोकरहरुको न्यूूनतम चुुक्ता पूूँजी २ करोड हुुनुुपर्ने प्रावधान छ । औसतमा हाल ब्रोकरहरुको चुुक्ता पूूँजी ५ करोड छ । फूलफेज ब्रोकर बनाउँदा न्यूनतम चुुक्ता पूूँजी २० करोड बनाइनुुपर्ने धारणा राखेको ब्रोकर स्रोत मार्जिन लेण्डिङ प्रडक्टमा मद्धत पुुग्ने विश्वास राख्छन् ।

अर्का एक ब्रोकरकाअनुुसार मार्जिन ऋण प्रवाहका लागि ब्रोकरसँग हाल कुुनै ठूूलो फण्ड नै छैन ।

ब्रोकर संख्या मात्र बढेको तर गुुणस्तर बढाउन र सेयर कारोबारका लागि २५ ब्रोकर कम्पनी पर्याप्त भएको ब्रोकर स्रोतको ठहर छ । हाल नेप्सेमा २२० कम्पनीहरु सूूचीकृत छन् । यसमध्ये ब्रोकर कम्पनीहरु पब्लिक कम्पनीका रुपमा नेप्सेमा सूूचीकृत हुुनुुपर्ने समेत ब्रोकरहरुमो माग छ ।

मर्ज गराई पचास ब्रोकरहरुलाई घटाई २५ वटामा झार्नुुपर्ने आवाज समेत उठिरहेको छ । यसका लागि नियामक निकाय र सरोकारवालाले चासो राखी आवश्यक वातावरण र ब्रोकरहरु स्वयंले सक्रियताका साथ मर्जर गर्नुुपर्ने ब्रोकरहरु बताउँछन् । सीमित ब्रोकर र अधिक चुुक्तापूूँजीले ब्रोकरेज सेवामा समेत प्रभावकारिता आउने र सिनर्जी इफेक्ट देखिने स्रोत दाबी गर्छ ।

कतिपय ब्रोकर कम्पनीहरुले व्यहोरिरहेका घाटा निरन्तर हुने हो भने बन्द नै हुने अवस्था बनिरहेको स्रोतहरु दाबी गर्छन् । यस्तो अवस्थामा ब्रोकरेज सेवा दिने कम्पनीबीचको मर्जरलाई समेत प्राथमिकतामा राख्ने गरी नीतिगत व्यवस्था बनाइदिन ब्रोकरहरुले धितोपत्र बोर्ड, नेप्से र अर्थमन्त्रालयलाई आग्रह गरेका छन् ।