काठमाण्डौ । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओ बाँडफाँड भएको छ । योसँगै कम्पनीको आइपीओ बाँडफाँडको रिजल्ट समेत प्राप्त भएको छ । 

निश्कासन तथा बिक्री प्रबन्धक प्रभू क्यापिटलको कमलादीस्थित मुख्य कार्यालयमा आज बिहान एक समारोहका बीच आइपीओ बाँडफाँड भएको हो । 

जसअनुसार आइपीओ खरीदका लागि आवेदन दिएका १२ हजार ४५९ आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् । 

यो कम्पनीको आइपीओ खरीदका लागि २ लाख ८६ हजार ५५ जनाले आवेदन दिएका थिए । परेका आवेदनमध्ये ४९० आवेदन रद्ध गरिएको थियो। 

सदर आवेदन २ लाख ८५ हजार ५६५ वटा रहेकोमा ती आवेदकले ४८ लाख ४० हजार २२० कित्ता खरीदका लागि आवेदन दिएका थिए । 

यसरी हेर्दा कुल आवेदकमध्ये २ लाख ७३ हजार ५९६ को हात खालि भएको छ । 

यो कम्पनीले असार २० गतेदेखि १ लाख ३२ हजार ६०० कित्ता आइपीओ निश्कासन गरेको थियो । जसमध्ये म्युचुअल फण्डका लागि ६ हजार ६३०,

कर्मचारीका लागि १ हजार ३८० सुरक्षित गरी सर्वसाधारणका लागि १ लाख २४ हजार ५९० कित्ता छुट्याइएको थियो । 

यो कम्पनीको आइपीओ तपाईलाई पर्यो कि परेन ? तल राखिएको सूचिमा आफ्नो नाम खोज्नुहोस्: