काठमाण्डौ । सरकारले बजेटमार्फत बजेटमार्फत घ्यु–तेलको कच्चा पदार्थ आयातमा लाग्ने भन्सार महसुल बढाएकोमा उद्योगीहरुले असन्तुष्टि जनाएका छन्।
नेपाल वनस्पति घ्यु–तेल उद्योग उत्पादन संघले सोमवार काठमाण्डौमा पत्रकार सम्मेलनमा उद्योगीहरुले यस्तो असन्तुष्टि जनाएका हुन्। उनीहरुले पुरानै भन्सार महसुल कायम गर्न पनि माग गरेका छन्।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष विकास दुगडले वर्तमान सरकारले बजेटमार्फत विगतमा घ्यु–तेलको कच्चा पदार्थ आयातमा लाग्ने भन्सार शुल्क विगतकै कायम गर्न माग गरे। ‘तेलको कच्चा पदार्थ आयातमा १ प्रतिशत रहेको भन्सार महसुललाई बजेटले १० प्रतिशत बनाउनु उपयुक्त होइन’, उनले भने, ‘सरकारले तत्काल सच्याउनुपर्छ।’
अध्यक्ष दुगडले भन्सार महसुल बढाउने सरकारको नीतिले २६ वटा घ्यु–तेल उद्योग बन्द हुने अवस्था सिर्जना भएको बताए। ‘भारतबाट चोरी तस्करी भएर खाने तेल भित्रिने गरेको छ’, उनले भने, ‘नेपाली उद्योगले महँगो भन्सार तिरेर तस्करीको तेलसँग प्रतिस्पर्धा गर्न सक्दैन।’
पत्रकार सम्मेलनमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले सरकारले घ्यु–तेल उद्योगले राज्यलाई बुझाएको राजश्वको मूल्यांकन गर्न नसकेको बताए। ‘भन्सार महसुल वृद्धिका कारण पनि निर्यात बढ्न नसकेको हो’, उनले भने, ‘सरकारले घ्यु–तेल उद्योगलाई प्राथमिकता राखेर भन्सार महसुलमा बढाउन हुँदैन।’
9 hours ago
20 hours ago
20 hours ago
21 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago