काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश घोषणा गरेको छ। 

कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँको कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश छन्। 

सोही बैठकले लाभांश पारित गर्न आउँदो फागुन २५ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय पनि गरेको छ। 

वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ फागुन १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन ८ गते (फागुन ९ गते सार्वजनिक बिदा)सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।