काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत सुरु गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम चन्द्रगढी र पोखरामा सम्पन्न भएको छ।

झापाको चन्द्रगढीस्थित वीरेन्द्र नमुना क्याम्पसमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा आज कार्यक्रम सम्पन्न भएको हो। ५० जनाभन्दा बढी युवा उपस्थित उक्त कार्यक्रममा स्वागत मन्तव्य बीमा जागरण अभियानका केन्द्रीय सदस्य पुनम राजवंशी, मन्तव्य निमित्त क्याम्पस प्रमुख प्रकाश भण्डारीले गर्नुभएको थियो।

कार्यक्रममा रमेशकुमार भट्टराई र प्रशान्तराज धमलाले प्रशिक्षण र बीमाको महत्व तथा आवश्यकताबारे प्रकाश पारेका थिए। कार्यक्रम सञ्चालन चन्द्रगढी कार्यालय प्रमुख पारशमणि तिम्सिनाले गरेका थिए। 

त्यसैगरी कम्पनीले पोखरा महानगर वडा नं. ३३ कालिकास्थानको सरस्वती टीका माविमा पोखरा क्षेत्रको पहिलो कार्यक्रम सम्पन्न भएको छ। सो अभियानको पोखरा महानगरपालिका वडा नं. ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले उद्घाटन गरेका थिए। आचार्यले जीवन बीमा अब मानव जीवनको आधारभूत आबश्यकता भैसकेको भन्दै बीमाबारे जागरण ल्याउन महालक्ष्मीको कदम प्रशंसनीय भएको बताए। उनले बीमाले जीवन र परिबारको आर्थिक र पारिवारिक सुरक्षा प्रदान गर्ने हुँदा निश्चिन्त भएर बीमा कार्यमा लाग्न युवाहरुलाई आग्रह गरे। 

कार्यक्रममा कम्पनीका गण्डकी क्षेत्रीय प्रबन्धक अखिल धमलाले ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियान उद्देश्यको बारेमा प्रशिक्षण प्रदान गरेका थिए। १०० भन्दा बढी युवा विद्यार्थी सहभागी रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्य शिक्षक अभिभाबक संघ अध्यक्ष गणेश प्रसाद ढकाल, कम्पनीका पोखरा शाखा प्रबन्धक रामजी प्रसाद लम्साल, युवासँग महालक्ष्मी लाइफकी केन्द्रीय सदस्य चन्द्रकुमारी राना, एजेन्सी म्यानेजर दिपकराज आचार्यलगायतले जीवन बीमा र यसको महत्व बारेमा प्रकाश पारेका थिए। 

युवासँग महालक्ष्मी लाईफ पोखराका संयोजक सन्तोष पराजुलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।