काठमाण्डौ । कोरोनाभाइरस उत्पत्तिका विषयमा ३ वर्षपछि चीनको सीडीसीले सर्वाजनिक गरेको एउटा अनुसन्धान प्रतिवेदन अहिले विश्वलाई आश्चर्यचकित बनाएको छ।
सीडीसीको वेबसाइटमा सार्वजनिक गरिएको अनुसन्धान प्रतिवेदनमा कोरोनाभाइरस चमेरोबाट नभई कुकुरबाट फैलिएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि उक्त अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको केही समयमै सीडीसीले वेबसाइटबाट हटाएको छ।
अनुसन्धान प्रतिवेदनअनुसार कोरोनाभाइरस चमेरोबाट नभई कुकुरबाट फैलाएको हुन सक्ने आशंका गरिएको छ। ती कुकुरहरु चीनको वुहानस्थित सीफुड बजारमा अवैध रुपमा बेचिएको पाइएको प्रतिवेदनमा उल्लेख छ।
चीनको सीडीसीले सार्वजनिक गरेको प्रतिवेदनमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अनुसन्धान थालेको छ। डब्ल्यूएचओका अनुसार केही वैज्ञानिकहरुले उक्त प्रतिवेदन डाउनलोड गरेर अध्ययन गरिरहेका छन्।
चीनको सीमित डाटाबाट कोरोना उत्पत्तिबारे निर्णय गर्न नसकिने भएकाले डब्ल्यूएचओले चीनलाई तथ्यांक उपलब्ध गारउन आग्रह गरेको छ । ‘उक्त तथ्यांक ३ वर्षअघि साझा गर्न सकिन्थ्यो’, डब्ल्यूएचओले भनेको छ, ‘हामीले चीनबाट राम्रो समन्वयको अपेक्षा गरेका छौँ।’
सीडीसीको अनुसन्धान प्रतिवेदनअनुसार केही रेकुन कुकुरमा कोभिड–१९ जस्तो भाइरस भेटिएको छ। यसअघि चमेरोबाट पनि कोरोनाभाइरस सर्ने आशंका व्यक्त गरिएको थियो। –एजेन्सी
13 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
4 hours ago
4 hours ago
4 hours ago