काठमाण्डौ । श्रीलंकाको अवस्था दिनप्रतिदिन बिग्रिँदै गइरहेको छ। हजारौँ आन्दोलनकारी सडकमा उत्रिएका छन्। राष्ट्रपति गोटाबाया राजापाक्षे भागेको अवस्था छ। 

भर्खरै हजारौँ प्रदर्शनकारी राष्ट्रपति निवासमा प्रवेश गरे र हंगामा मच्चाए। कोही स्विमिङ पुलमा नुहाएको, कोही किचन र सुत्ने कोठामा रमाइलो गरेको देखियो। श्रीलंकामा करिब ३ महिनाअघि चरम आर्थिक र राजनीतिक संकट सुरु भएको हो। 

१ अप्रिल: राजापाक्षेले अस्थायी आपतकाल घोषणा गरे र सुरक्षा बलहरुलाई विरोध गर्नेहरुलाई पक्राउ गर्न अनुमति दिए।

३ अप्रिल: श्रीलंका सरकारको सम्पूर्ण मन्त्रिपरिषद्ले रातिको बैठकपछि राजीनामा दियो। सोही समयमा गोताबाया राजपाक्षे र उनीपछि महिन्द्रा राजपाक्षे छुट्टिए। अन्तर्राष्ट्रिय मुद्रा कोषबाट बेलआउट प्याकेजको माग गर्दै केन्द्रीय बैंकका गभर्नरले पनि भोलिपल्ट राजीनामा दिएका थिए।

५ अप्रिलः अर्थमन्त्री बनेको भोलिपल्टै अली साबरीले राजीनामा दिएपछि गोटाबाया राजपाक्षेको समस्या झनै बढ्यो।

१० अप्रिलः श्रीलंकाका डाक्टरहरुले जीवन बचाउने अत्यावश्यक औषधिहरु सकिन लागेको बताए। उनीहरुलेसरकारले ठोस कदम नचालेमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्याभन्दा बढी हुन सक्ने चेतावनी दिए।

१२ अप्रिलः सरकारले घोषणा गर््यो कि श्रीलंकाले ५१ बिलियन डलर ऋणमा चुकिरहेको छ। किनकि विदेशी मुद्रा सञ्चिति घटेको छ।

१९ अप्रिलः सरकारविरोधी प्रदर्शनको धेरै हप्तामा पहिलोपटक १९ अप्रिलमा सुरक्षा बलहरुले जवाफी कारबाहीमा एक प्रदर्शनकारीको मृत्यु भयो।

१० मेः रक्षामन्त्रीले सुरक्षा बलहरुलाई लुट्ने वा कसैलाई मार्न खोज्नेहरुलाई गोली हान्न आदेश दिए।

१० जुनः संयुक्त राष्ट्रले श्रीलंकालाई खराब अवस्थामा फस्न सक्ने चेतावनी दियो। उसका अनुसार करिब तीन चौथाइ जनताले खानपानको अभाव भएकामा कम खान थालेका छन्।

२७ जुनः सरकारले श्रीलंकाको इन्धन लगभग सकिएको बतायो। यससँगै अत्यावश्यक सेवाबाहेक सबै सेवामा इन्धन बिक्रीमा प्रतिबन्ध लगाइयो। 

१ जुलाईः सरकारले महँगीको रेकर्ड तोड्दै लगातार ९ महिनाको तथ्यांक जारी ग¥यो। जुनमा मुद्रास्फीति ५४.६ प्रतिशत रहेको र आगामी दिनमा ७० प्रतिशत पुग्ने अनुमान गरिएको छ।

९ जुलाईः प्रदर्शनकारीले राष्ट्रपति निवासमा आक्रमण गरेपछि राष्ट्रपति राजापाक्षे भागे। त्यसपछि प्रदर्शनकारी राष्ट्रपति निवासमा प्रवेश गरे र सरकारविरुद्ध चर्को नाराबाजी गरे। –एजेन्सी