काठमाण्डौ । चलचित्र ‘साहो’ ले दुई दिनको अवधिमा ३२० करोडभन्दा बढीको कारोबार गर्न सफल भएको छ ।

ब्लकबास्टर चलचित्र ‘बाहुबली’ का नायक प्रभास र नायिक श्रद्धा कपूरद्वारा अभिनित चलचित्र साहोले यतिखेर बक्स अफिसमा धुम मच्चाइरहेको छ ।

चलचित्र साहोले प्रदर्शनमा आएको पहिलो दिन शुक्रबार १६७ करोड रुपैयाँ कलेक्सन गरेको थियो । चलचित्र साहोले दोस्रो शनिबारसम्म ३२० करोड रुपैयाँभन्दा बढी कलेक्सन गरेको ट्रेड एनालिस्ट रमेश बालाले बताएका छन् । उनका अनुसार चलचित्रले तेस्रो दिन आइतबार पहिलो र दोस्रो दिनको तुलनामा झनै बढी कलेक्सन गर्नेछ।

विश्लेषकहरुले यो चलचित्रले प्रदर्शनको पहिलो हप्तामै हालसम्मै ठूलो कमाइ गर्ने अनुमान गर्न थालेका छन् ।

यो चलचित्र विश्वभर १० हजारभन्दा बढी सिनेमा हलहरुमात्र एकैपटक रिलिज भएको छ । भारतमा मात्र यो चलचित्र ४५ सय सिनेमा हलहरुमा रिलिज भएको छ ।

यो चलचित्रको निर्देशन सुजितले गरेका हुन् ।