काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चाँदीका वस्तु निकासी गर्ने व्यवसायीलाई विभिन्न सटही सुविधा प्रदान गर्ने भएको छ।
राष्ट्र बैंकको विदेशी विनियम व्यवस्था विभागबाट जारी गरिएको एकीकृत परिपत्र, २०७८ मा संशोधन, परिमार्जन र थप गरी चाँदीको वस्तु निकासी गर्ने व्यवसायीलाई विभिन्न सटही सुविधा प्रदान गर्ने व्यवस्था थप गरिएको हो। चाँदीको गरगहना, कलात्मक वस्तु आदि निकासी गर्ने चाँदी व्यवसायीलाई निम्नबमोजिम सटही सुविधा पाउनेछन्–
चाँदी आयात गर्दा प्रचलित व्यवस्थाबमोजिम अन्य कागजातका अतिरिक्त अनिवार्य रुपमा मास्टर एयरवे बिलसमेत संलग्न हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। हाउस एयरवे बिल/बिल अफ लेडिङबाट चाँदी आयात गर्न भने पाइने छैन।
चाँदी आयात तथा बिक्रीसम्बन्धी विवरण सम्बन्धित बैंक तथा वित्तीय संस्थाले संलग्न अनुसूचीको ढाँचामा मासिक रुपमा महिना समाप्त भएको ७ दिनभित्र विभागमा पेस गर्नुपर्नेछ।
यो अवस्थामा चाँदीमा सीमा लागू नहुने
यसैगरी सुनचाँदीको कारोबारमा संलग्न स–साना व्यवसायीले गरगरगहना, हस्तकलालगायतका सामान बनाउन आफूलाई आवश्यक पर्ने चाँदी बैंकहरुबाट मासिक १ किलोग्राम सम्म खरिद गर्न सक्नेछन्।
वाणिज्य बैंकहरूले यसरी व्यवसायीलाई चाँदी बिक्री गर्दा सम्बन्धित सुनचाँदी व्यवसायीको व्यवसाय दर्ता प्रमाणपत्र, कर दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र लिई बैंक खातामार्फत कारोबार गर्नु पर्नेछ। साथै, बैंकले यसरी चाँदी बिक्री गर्दा व्यवसायीबाट खरिद गरिएको चाँदी गरगहना तथा हस्तकला लगायतका अन्य सरसामान बनाई बिक्री गर्न वा त्यस्ता सामान बनाई निर्यात गर्न बाहेक अन्य प्रयोजनको लागि प्रयोग वा बिक्री गर्ने छैन भन्ने स्वघोषणासमेत लिनुपर्नेछ।
तर, निर्यात गर्ने चाँदी व्यवसायीलाई चाँदी बिक्री गर्दा उक्त मासिक १ किलोग्रामको सीमा लागू हुने छैन। यो व्यवस्था राष्ट्र बैंकले थप गरेको हो।
16 hours ago
17 hours ago
17 hours ago
17 hours ago
18 hours ago
18 hours ago
19 hours ago
19 hours ago
19 hours ago
20 hours ago