काठमाण्डौ । चाइनिज सुपर लिग (सीएसएल) आइतबारदेखि नेपाली दर्शकले एक्सन स्पोर्टसमा हेर्न पाउनेछन्। 

नेपाली समयअनुसार आज आइतार ४ः१५ बजे चाइनिज क्लबहरु डालिन प्रो र सान्दोङ टाइसान मैदानमा उत्रिँदैछन्। यस्तै सोमबार ५ः१५ मा सेन्जेन र बेइजिङ तथा मंगलबार ४ः१५ मा सांघाई पोर्टसँग उहान थ्री टाउनले प्रतिस्पर्धा गर्नेछ।

चार चरणमा विभाजन गरी खेलाइएकोे चाइनिज सुपर लिग (सीएसएल) मा क्रमशः १०, ८, ८ र ८ राउन्ड खेल हुनेछ।  आइतबारदेखि पहिलो चरणको १० औँ राउन्डको खेलहरु एक्सन स्पोर्टसले प्रसारण गर्न लागेको हो।

चाइनिज सुपर लिगको यस सिजनमा कुल १८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।

विश्वकप, युरोपियन लिगलगायत अन्य लिगहरु रुचाउँदै आएको नेपाली फुटबलप्रेमी दर्शकलाई चाइनिज सुपर लिग (सीएसएल) नयाँ फुटबल लिग थप हुनुका साथै विश्वस्तरीय फुटबल खेलाडीहरु ब्राजिलियन खेलाडि ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सन विभिन्न क्लबहरुबाट प्रतिस्पर्धा गर्ने हुँदा आकर्षणको केन्द्र हुनेछ।