– रेखा चन्द

काठमाण्डौ । नेपालीको प्रमुुख पर्व हो, विजया दशमी। यो पर्वलाई हिन्दुुधर्मालम्बीले हर्सोल्लासका साथ मनाउने गर्दछन्। 

विशेषगरी दसैँलाई खानपानको पर्व पनि भन्ने गरिन्छ। त्यसमा पनि सबैभन्दा बढी मासुुजन्य पदार्थको खपत हुने गर्दछ। सहरदेखि गाउँसम्म र धनीदेखि न्यून आय भएकाहरुको भन्छाकोठामा मासुुुका विभिन्न परिकार बन्ने गर्दछन्। मानिसहरुले दसैँका बेलामा हरेक छाकमा माछा वा मासुको पकाउने गर्दछन्। 

क्षमता हुनेले सहजै र न्यन आय हुनेहरुले ऋण काढेरै भए पनि दसैँका लागि जोहो गर्दछन्। तर, मानिसहरुले हरेक छाकमा मासुु खाँदै गर्दा तथा अत्याधिक सेवन गर्दा बिरामीसम्म हुने गरेका छन्। यस्तो बेला विभिन्न कुरामा ध्यान दिनुुपर्ने उत्तिकै महत्वपूर्ण रहेको विज्ञहरु बताउँछन्।

आफ्नो स्वास्थ्यावस्था हेरी कति पचाउन सकिन्छ, सोही परिमाणमा मात्रै मासुु खानुपर्ने वरिष्ठ पोषणविद् प्राडा मनसा थापा ठकुराथी बताउँछिन्। ‘दसैँमा मासुु खानुुको भिन्नै महत्व हुनेहुँदा मासुु खाने प्रवृति छ तर अहिलको मानिसहरुको लाइफस्टाइल व्यवस्ततामा हुन्छ’, उनी भन्छिन्, ‘शारीरिक विज्ञानअनुसार पनि हाम्रो कामको चाप, बेफुस्र्ती र कुनै व्यायाम गर्ने फुुुर्सद नहुँदा स्वास्थले रातो मासुु, चिल्लो, बोसो, छाला भएको मासुुलाई पचाउन गाह्रो हुन्छ।’ 

त्यसैले दसैँमा मासुुसँग अरु खाने कुरालाई मिसाएर वा कम्बिनेसन गरेर खाँदा स्वास्थ्यलाई फाइदा हुने उनको भनाई छ। जस्तो मासुुसँग सुुख्खा चिउरा, काक्रोको अचारमा रायोको साग दाना इत्यादीको कम्बीनेशन मिलाएर खानुपर्ने ठकुराथीको तर्क छ। खानपानको शैलीमा गडबड हँुुदा स्वास्थ्यमा समस्या आई अस्पताल नै जानुुपर्ने अवस्था आउँछ। 

वरिष्ठ पोषणविद् ठकुराथीका अनुसार मुुटुुु रोग, मधूमेह, मिर्गौला, कलेजोलगायतका दीर्घरोगीहरुले छाला भएको, चिल्लो भएको, बोसो भएको बढी मरमसला हालेर पकाएको मासुु खानुु हुँदैन। उनीहरुले छाला, बोसो निकोलेको, थोरै मात्रामा मसला हालेको तथा भएको रोगले पचाउन सक्ने मासुुमात्रै खानुुपर्ने उनको सुझाव छ। 

एउटा स्वस्थ्य व्यक्तिले एक टाइममा बढीमा १५० ग्राममात्रै मासुुु खानुुपर्ने उनी बताउँछिन्। ‘अझै रोगीहरुले ४० देखि ५० ग्राममात्रै मासुुको प्रयोग गर्नुुपर्दछ। स्वस्थ्य व्यक्तिले खोने १५० ग्राम मासुुमात्रै होइन त्यसभित्र अन्डा पनि पर्छ। एउटा अण्डा खायो भने ९० देखि  १०० ग्राम मात्रै मासुु खानुुपर्छ’, उनी भन्छिन्। 

दसँै भन्दैमा बिहान, दिउँसोे, बेलुका मासुु खान नहुने ठकुराथीको भनाइ छ। ‘चाहिनेभन्दा अत्याधिक मासुु खाएको मानिसमा  समस्या आउन सक्ने र दीर्घरोगीको स्वास्थ्य झन बिग्रन सक्छ’, उनी भन्छिन्। 

मासुुमा चिल्लोको मात्रा पनि एकदमै कम प्रयोग गर्ने र मासुसँगै सागसब्जी तथा हरियो सलाद, मुुला, काक्रो, रायो हालेको अचार खाँदा स्वास्थ्यलाई फाइदा गर्ने वरिष्ठ पोषणविद् ठकुराथी बताउँछिन्। रातो मासुुको प्रयोग एकदमै कम गर्न उनकने सुझाव छ्। दीर्घरोगीहरुले हल्का खालको मासुुको मात्रै प्रयोग गर्न र ब्लडप्रेसर हाई हुनेहरुलाई खसीको साट्टो बोकाका मासुु खानुपर्ने उनको भनाइ छ। बोकाको मासुुमा कमेल्डस्टोर कम हुनेहुनाले स्वास्थ्यमा बिगार नगर्ने उनी बताउँछिन्। 

यस्तै चाडपर्वका बेला शारीरिक व्यायाम गर्न पनि उत्तिकै महत्व रहेको छ। दुुग्धजन्य पदार्थमा जोड दिनुुका साथै खानामा नुुनको मात्रा पनि एकदमै कम गर्नुपर्छ।