काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले नापी अधिकृत पुरीको सार्वजनिक सेवा प्रवेश गरेदेखि गत असार मसान्तसम्मको सम्पत्तिको अध्ययन गरेको थियो। आयोगका अनुसार पुरीले २०५२ पुस ९ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए।
उक्त अवधिमा पुरीको वैध आय रु. १ करोड २० लाख ७७ हजार ७४८ बराबर रहेको पाइएको छ। त्यसमा पारिश्रमिक, अन्य भत्ता, विभिन्न बैंक तथा वित्तीय संस्था वा सहकारीबाट प्राप्त रकम, ब्याजआय र जग्गाको मुआब्जालगायत छ।
सोही अवधिमा पुरीले रु. २ करोड २४ लाख ८१ हजार ६९० बराबरको खर्च तथा लगानी गरेको पाइएको छ। खर्चको तुलनामा आय कम रहेको तथा वैध स्रोतसमेत नभएको पाइएकाले आयोगले नापी अधिकृत पुरीविरुद्ध रु. १ करोड ४ लाख ३ हजार ९४१ बराबरको बिगो दाबी गरिएको छ। आयोगले बिगोबमोजिम जरिवाना र कैद सजायको माग गरेको छ।
सार्वजनिक पदमा रहँदा गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति श्रीमती सिर्जना गिरीको नाममा राखेको पाइएको छ। आयोगले सिर्जनालाई समेत प्रतिवादी कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।
- RSS
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago