काठमाण्डौ । बढ्दो महँगीलाई नियन्त्रण गर्न भारतले चामलमा निर्यात शुल्क लगाउने निर्णय गरेको छ।
भारत सरकारले गत अगस्ट २५ तारिखदेखि लागू हुने गरी चालममा २० प्रतिशत निर्यात शुल्क लगाएको हो। यो आउँदो अक्टोर १६ तारिखसम्म लागू रहने भारतको वित्त मन्त्रालयले जनाएको छ।
चामलमा निर्यात शुल्क लगाउँदा स्टक बढ्ने र मूल्यमा कमी आउने मन्त्रालयले जनाएको छ। यसले आममानिसलाई राहत पुग्ने मन्त्रालयको विश्वास छ।
यसअघि भारत सरकारले चामलको कनिका र गैरबासमती चामल र गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो। भारी वर्षाका कारण धान उत्पादनमा कमी आउने अनुमानका साथ भारतले यस्तो निर्णय गरेको हो।
भारतले सरकारले घरेलु बजारमा प्याजको भाउ नियन्त्रण गर्न निर्यातमा ४० प्रतिशत शुल्क लगाएको छ। यस्तो शुल्क आउँदो डिसेम्बरसम्म कायम रहने बताइएको छ। –एजेन्सी
9 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago