काठमाण्डौ । सरकारको कर नीतिविरुद्ध आन्दोलनमा उत्रिएका सेयर लगानीकर्ताले आइतबार बिहान काठमाण्डौका ६ वटा ब्रोकर कार्यालयहरुमा ताला बन्दी गरिदिएका छन्।
आन्दोलनरत सेयर लगानीकर्ताहरुले काठमाण्डौस्थित डायनामिक मनी म्यानेजर्स सेक्युरिटिज (स्टक ब्रोकर नं. ४४), क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५०), प्रियिमर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३२), दिव्य सेक्युरिटिज (स्टक ब्रोकर नं. ५९), कालिका सेक्युरिटिज (स्टक ब्रोकर नं.४६) र श्वेता सेक्युरिटिज (स्टक ब्रोकर नं. २५) मा तालाबन्दी गरेका हुन्।
गत बिहीबारदेखि बन्द गरिएको टीएमएस खोल्न नदिन लगानीकर्ताहरुको टोली नै आज बिहानैदेखि ब्रोकर कार्यालयहरुमा तालाबन्दी गर्न खटाइएका छन् ।
लगानीकर्ताहरुले आफ्नो क्षेत्रको टोली नेतासँग फोनमा सम्पर्क गरेर ब्रोकर कार्यालयको मूल गेटमा ताला लगाउन, ताला खोलेर कसैलाई पनि भित्र छिर्न नदिने र तोकिएको पर्चा टाँस्ने अनि दिनभर सोही गेट आसपास बसेर निरीक्षण गर्न आन्दोलनरत लगानीकर्ताहरुले आग्रह गरेका छन्।
स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्की लगाइएको ताला नखोल्न ब्रोकरहरुलाई आग्रह गरेका छन्। ‘यदि कसैले ताला खोल्छ भने त्यसबाट उत्पन्न हुन सक्ने परिस्थितिको जिम्मेवारी स्वयं तिनै ब्रोकर सञ्चालकले लिनुपर्नेछ’, उनले चेतावनी दिँदै भने।
आर्थिक विधेयकको २९ नं. बुँदा खारेजीको माग लगानीकर्ताहरुले गरेका छन्। उक्त बुँदामार्फत सेयर लगानीकर्तालाई आयकरमा तान्न लागिएको उनीहरुको भनाइ छ। यसअघिको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुनुपर्ने उनीहरुको माग छ।
यसअघि आज बिहानै काठमाण्डौको हात्तीगौँडास्थित अर्थमन्त्री डा प्रकाशशरण महतको घरमा घेराउ गर्न लगानीकर्ताहरु पुगेका थिए। तर, अर्थमन्त्री महत बिहानै घरबाट बाहिरिसकेको जानकारी पाएपछि उनीहरु केहीबेर नाराबाजी गर्दै फर्किएका थिए।
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago