काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से) मा चालु आर्थिक वर्ष २०७७/७८ मा थप नयाँ १३ कम्पनी सूचीकरण भएका छन्।

नेप्सेका अनुसार चालु आवमा अहिलेसम्म थप नयाँ १३ कम्पनी सूचीकृत भएका हुन्। योसँगै हाल नेप्सेमा कुल सूचीकृत संस्थाहरु २१७ पुगेका छन्। नयाँ सूचीकृत संस्थाहरुको सूचीकरण भने अझै बढ्ने क्रममा नै रहेको छ।

नेप्सेमा सूचीकृत भएका नयाँ १३ कम्पनीका कुल १५ करोड ४२ लाख ४ हजार ६१९ कित्ता सेयर सूचीकृत भएका छन्। सूचीकृत हुने नयाँ कम्पनीमा सबैभन्दा धेरै जलविद्युत समूहतर्फका ५ कम्पनीहरु एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड, लिबर्टी इनर्जी कम्पनी, शिवश्री हाइड्रोपावर, माउन्टेन इनर्जी नेपाल र युनाइटेड इदी–मर्दी आरबी हाइड्रोपावर छन्। 

यसैगरी निर्जीवन बीमा समूहतर्फ अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स तथा बीमा समूहतर्फ रिलायन्स लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स सूचीकृत भएका छन्। लघुवित्त कम्पनीअन्तर्गत साधना लघुवित्त र समाज लघुवित्त रहेका छन्। जसमध्ये समाज लघुवित्त मर्जरका कारण उक्त कम्पनीको सेयर कारोबार रोक्का गरिएको छ। 

हालसम्म अन्य समूहमा भर्खरै गत सातामात्र चन्द्रागिरी हिल्स लिमिटेड नेप्सेमा सूचीकृत भई कारोबार सुरु भइसकेको छ।

हेरौँ कुन कम्पनीको कति कित्ता सेयर नेप्सेमा सूचीकृत भए र उक्त कम्पनीको हालको बजारमूल्य (माघ २७ गते सोमबारको अन्तिम मूल्य)