काठमाण्डौ । एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्यान चितवन च्याप्टर र पायोनियर ल एसोसिएट्सको सहकार्यमा चितवनस्थित होटल सिराइचुलीमा ‘रोड टु आईपीओ’ कार्यशाला सम्पन्न भएको छ। 

एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्यान चितवन च्याप्टर र पायोनियर ल एसोसिएट्सले गत बुधबार चितवनको कर्पोरेट हाउसेस, उत्पादन तथा प्रशोधन उद्योग तथा वास्तविक क्षेत्रहरुलाई आईपीओ निष्कासनको प्रक्रियामा चाहिने कानुनी र वित्तीय परामर्शका विषयमा सहजीकरण गराउनका लागि यस्तो कार्यशाला आयोजना गरेको हो।

कार्यक्रममा पायोनियर ल एसोसिएट्सका म्यानेजिब पार्टनर अनुपराज उप्रेती र एनआईबिएल एस क्यापिटलका डेपुटी जनरल म्यानेजर सचिन्द्र ढुंगानाको प्रस्तुति रहेको थियो। 

कार्यक्रमको सफल कार्यान्वयनका लागि सन्दीप फुयाल, सन्तोश रेग्मी र निशान पौडेलले सक्रिय भूमिका निर्वाह गरेका थिए। 

उक्त कार्यशालाले कानुनी पक्ष, संस्थागत सुशासन, पुँजी संरचना, आईपीओ मूल्य निर्धारण, साइज समयरेखा र विधिहरुमा केन्द्रित रहेको आईपीओसम्बन्धी ज्वलन्त उदाहरणहरु समेटेको थियो।