काठमाण्डौ। एउटा निजी सर्वेक्षणका अनुुसार कोरोना महामारीबीच मे महिनामा चीनको आर्थिक गतिविधि वृद्धि भएको छ।

काइछिन/मार्किटको सर्वेक्षणअनुुसार मे महिनामा चीनको पर्चेजिङ इन्डेक्स ५०.७ रहेको छ। पर्चेजिङ इन्डेक्स ५० भन्दा माथि हुुनुुले आर्थिक गतिविधिहरु वृद्धि भएको संकेत गर्दछ भने ५० भन्दा तलले संकुुचनको। 

रोयटर्सले गरेको सर्वेक्षणले मे महिनामा चीनको पर्चेजिङ इन्डेक्स ४९.६ हुुने प्रक्ष्यपण गरेको थियो। प्राप्त डेटाले चीनमा मागमा भन्दा पनि उत्पादनमा तीव्रगतिमा सुुधार देखिएको छ। 

चीनको उत्पादन क्षेत्रमा सन् २०११ यताकै सबैभन्दा धेरै वृद्धि देखिएको छ। तर उत्पादनको तुुलनामा माग भने कमजोर देखिएको छ। 

विश्वभरका देशहरुले महामारी रोक्न जारी गरेका प्रतिबन्धका कारण चीनले विदेशमा आफ्ना उत्पादन निर्यात गर्न सकिरहेको छैन। जसका कारण चीनको निर्यातमा ऐतिहासिक गिरावट देखिएको छ। 

चीनको राष्ट्रिय तथ्यांक विभागको आधिकारिक आँकडाअनुुसार मे महिनामा चीनको पर्चेजिङ इन्डेक्स ५०.६ रहेको छ। जुुन अप्रिल महिनामा ५०.८ थियो। – एजेन्सी