काठमाण्डौ । मानिस अदृश्य हुन सक्छन् ? सबैको जबाफ हुन सक्छ–‘यो असम्भव छ।’

हामीले चलचित्रमा मात्रै मानिस अदृश्य भएका देखेका छौँ। उदाहरणका लागि भारतीय चलचित्र ‘मिस्टर इन्डिया’ लिन सक्छ। जसमा अभिनता अनिल कपुर एउटा उपकरणको सहायताले अदृश्य अर्थात गायब हुन्छन्। 

त्यसैले मानिस अदृश्य हुन सक्ने कल्पनामात्रै गर्न सकिन्छ भन्ने धेरैको मत हुन सक्छ। तर, चिनियाँ विद्यार्थीले भने यसलाई वास्तविकतामा परिणत गरेका छन्। 

चिनियाँ विद्यार्थी मानिस अदृश्य हुन सक्ने एउटा साधारणजस्तो देखिने कोट तयार पारेका छन्। यो कोटले मानव शरीरलाई सेक्युरिटी क्यामेराबाट लुकाउँछ।

यो कोट लगाएपछि सबै सुरक्षा क्यामेराबाट होइन तर एआई वा आर्टिफिसियल इन्टेलिजेन्स मनिटर गर्ने सेक्युरिटी क्यामेराबाट मानव शरीर अदृश्य हुन्छ। यसलाई इन्भिजडिफेन्स नाम दिइएको छ।

यो कोटले क्यामेरालाई चक्मा दिन्छ। यसले एआई मनिटरिङलाई अनयुजअल हिट सिग्नल रातको समयमा दिन्छ। जब कि दिउँसोको समयको प्याट्रनका माध्यमबाट एनआई मनिटरिङ क्यामेरालाई धोका दिन सफल भएको छ। 

यो कोट चीनलगायतका देशहरुमा धेरै उपयोगी हुनेछ। जहाँ सरकारले एआई–पावर्ड सर्भिलेन्स क्यामेराहरुका साथ नागरिकमाथि नजर राख्छ।

यस्ता यन्त्र पत्ता लगाउन चीन सरकारले यो प्रविधिलाई प्रतिबन्ध लगाउने वा आफ्नो प्रणालीमा सुधार गर्ने सम्भावना पनि छ। चिनियाँ समाचार प्रकाशक साउथ चाइना मर्निङ पोस्टले यसबारे जानकारी दिएको छ।

गत नोभेम्बर २७ मा भएको रचनात्मक प्रतियोगितामा पनि इन्भिजडिफेन्स कोटले प्रथम पुरस्कार प्राप्त गरेको थियो। यो कार्यक्रम हुवावे टेक्नोलोजिज कम्पनीद्वारा प्रायोजित गरिएको थियो।

यो प्रविधि तयार गर्नुअघि सयौँ परीक्षण गरिएको विद्यार्थीले बताएका छन्। यसको सबैभन्दा ठूलो एड्भान्टेज लागत हो। निर्माताहरुले सरफेसमा प्रिन्टिङ प्याट्रन निकै सस्तो हुने बताएका छन्। क्यामेरालाई ब्लाइन्ड गर्न यसमा चारवटा तापक्रम नियन्त्रण मोड्युलमात्र प्रयोग गरिएको छ । यसको प्रारम्भिक मूल्य ५०० चिनियाँ येन हुन सक्ने बताइएको छ। 

निर्माताहरुको दाबी छ कि यो कोटलाई एन्टी–ड्रोन कम्ब्याट वा युद्धको मैदानमा ह्युमन–मेसिन कन्फ्रोन्टेसनका लागि प्रयोग गर्न सकिन्छ। तर, यसका लागि प्रविधिमा थप सुधार गर्नुपर्ने उनीहरुको भनाइ छ। –एजेन्सी