काठमाण्डौ । पछिल्लो समय सुस्ताएको चिनियाँ अर्थतन्त्रमा सुखद् संकेत देखिएको छ।
गत अगस्टमा चीनका खुद्रा बिक्री र औद्योगिक उत्पादनमा अपेक्षाभन्दा बढी सुधार देखिएको छ। चीनको राष्ट्रिय तथ्यांक ब्युरोले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार चीनमा अघिल्लो वर्षको तुलनामा अगस्टमा खुद्रा बिक्री ४.६ प्रतिशतले बढेको छ। रोयटर्स पोलमा भने खुद्रा बिक्री ३ प्रतिशतले मात्रै वृद्धि हुने प्रक्षेपण गरिएको छ। यो वृद्धि गत जुलाई वार्षिक वृद्धिभन्दा छिटो रहेको ब्युरोले जनाएको छ।
यसैगरी ब्युरोले सार्वजनिक गरेको तथ्यांकअनुसार चीनको औद्योगिक उत्पादन पनि अघिल्लो वर्षको तुलनामा अगस्टमा ४.५ प्रतिशतले बढेको छ। यद्यपि औद्योगिक उत्पादन ३.९ प्रतिशतले बढ्न सक्ने प्रक्षेपण गरिएको थियो।
चीनको स्थिर सम्पत्तिमा लगानी भने ३.२ प्रतिशतले मात्रै बढेको छ। जुन प्रक्षेपणभन्दा थोरै कम हो। त्यहाँ यस्तो लगानी ३.३ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो। घर–जग्गा र पूर्वाधार निर्माणमा लगानी सु्स्तताउँदै स्थिर सम्पत्तिमा लगानी प्रभावित भएको हो।
चीनको औद्योगिक उत्पादनमा मात्रै लगानी बढेको देखिन्छ।
कोभिड महामारीपछि चिनियाँ अर्थतन्त्रको पुरुत्थानमा चालु वित्त वर्षको दोस्रो त्रैमासदेखि सुस्तता देखिएको छ। जसका कारण घर–जग्गाको कारोबार ह्वात्तै घटेको छ।
अर्थतन्त्रको मुख्य सूचक निर्यात पनि चीनको घटेको छ। विश्व बजारमा चिनियाँ वस्तुको माग घट्दा पनि निर्यात प्रभावित बनेको हो। –एजेन्सी
31 minutes ago
55 minutes ago
1 hour ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago