काठमाण्डौ । यदि तपाइँ विदेशी रक्सीको सौखिन हुनुहुन्छ भने तपाइँले चिभास रिगल, १०० पाइपर्स र एब्सोलुट भोड्काको नाम सुन्नु भएकै होला। यसलाई बनाउने कम्पनी फ्रान्सका पेर्नोड रिकार्ड हुन्। 

यो महँगो रक्सी बनाउने विश्वको दोस्रो ठूलो कम्पनी हो। भारतमा पनि दोस्रो स्थानमा छ। 

यसमा इन्फोर्समेन्ट डाइरेक्टरेट (ईडी)ले कालो धनलाई सेतोमा परिणत गर्ने वा मनी लान्ड्रिङ गरेको आरोप लगाएको छ। यससँगै ईडीले कार्टेल बनाएको पनि आरोप लगाएको छ।

ईडीले जनवरी ६ मा दोस्रो आरोपपत्र दायर गरेको थियो। यसमा कम्पनीले दिल्लीको सस्पेन्डेड एक्साइज नीति २०२१–२२ को उल्लंघन गरेको बताइएको छ। ईडीको आरोपपत्रमा भनिएको छ कि पेर्नो रिकाले कार्टेल गठन गर्ने छाप दिँदै ५ रिटेल इनटिटीलाई २०० करोडको कर्पोरेट ग्यारेन्टी प्रदान गरेको छ। ईडीले दिएको यो २०० करोड रुपैयाँको बैंक ग्यारेन्टी एक किसिमको लगानी हो। यसको सट्टा, ती खुद्रा विक्रेताहरूले कम्तिमा घछ प्रतिशत स्टक आफ्नो स्टोरहरुमा पेर्नो रिका उत्पादनहरुको रुपमा राख्नुपर्छ। एक्स–डिस्टिलरी मूल्यको गलत घोषणा, सुपर कार्टेल जोनमा बिक्री र कर्पोरेट ग्यारेन्टीको मूल्य मिलेर यो रकम ५६३ करोड रुपैयाँ पुग्छ।

एक सरकारी स्रोतले पेर्नो रिकाले दिएको २०० करोड रुपैयाँको कर्पोरेट ग्यारेन्टी एक हिसाबले भारतको रिटेल सेक्टरमा लगानीको मुद्दा बनेको बताइएको छ। जब कि दिल्लीको अन्तःशुल्क नीतिमा निर्माताले रिटेल बिक्री नगर्ने स्पष्ट उल्लेख छ। यतिमात्र होइन कम्पनीले गरेको लगानी बेनामी लगानी हो। बेनामी लगानी भनेको मनी लन्ड्रिङ हो। त्यसैले कम्पनीले कालो धनलाई सेतोमा परिणत गरेको आरोप लागेको छ।

यसअघि भारतको भन्सार विभागले कम्पनीले एक दशकभन्दा बढी समयदेखि आयातीत मदिरालाई कम मूल्यमा राखेको आरोप लगाएको थियो। यसबाट कम्पनीले भन्सारमा बचत गरेको विभागले जनाएको छ। कम्पनीले कम महसुल तिर्नुपरेको छ। भारतीय भन्सार प्राधिकरणले यस सम्बन्धमा कम्पनीलाई असार २७ गते सूचना पठाएको थियो। पार्नो इन्डियाले सन् २००९–१० देखि २०२०–२१ सम्म आयातीत मदिरा (चिवास रिगल) लाई कम मूल्यांकन गरेको अर्थात् मदिराको मूल्यलाई कम मूल्यांकन गरेको सूचनामा उल्लेख छ।

भारतमा आयातीत मदिरामा १५० प्रतिशत कर लाग्छ। पेर्नोरिकाले भारतमा आयातीत मदिराको मूल्य कम भएको बताएको आरोप छ। अर्कोतर्फ कम्पनीले फ्रान्समा ठूलो लाभांश दिएको छ। यसरी कम्पनीले अर्बौं रकमको कर छली गरेको आरोप छ। 

रिपोर्टका अनुसार भारतको पेर्नो रिकाले २०२०–२१ मा २.४ अर्ब डलर राजस्व प्राप्त गरेको छ। यसमा आयात शुल्क र राज्य करको ७९ प्रतिशत पनि समावेश छ। त्यो वर्ष पेर्नो रिका भारतको खुद नाफा १३ करोड डलर थियो।

चिभास रिगल, ग्लेनलिभेट, ब्लेन्डर प्राइड र १०० पाइपर्सजस्ता ब्रान्डहरु भएका पेर्नोड रिकार्डको भारतीय मदिरा बजारमा १७ प्रतिशत हिस्सा रहेको आईडब्ल्यूएसआर पेय बजारका विश्लेषकहरु बताउँछन्। कम्पनीले महँगो रक्सी बजारमा राम्रो प्रवेश गरेको मानिन्छ। –एजेन्सी