काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५१ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको समीक्षा अवधिको नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १.९४ प्रतिशतले कम हो। गत वर्ष कम्पनीले यही अवधिमा ५२ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ०.६९ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा विद्युत बिक्रीबाट हुने आम्दानी ८० करोड ३७ लाख रुपैयाँ रहेकोमा यो वर्ष बढेर ८० करोड ९२ लाख रुपैयाँ भएको छ। 

कम्पनीको रिटेन्ड अर्निङ ९.८४ घटेको छ। गत वर्ष यही अवधिमा ४ अर्ब ७ करोड रुपैयाँ रहेको रिटेन्ड अर्निङ समीक्षा अवधिमा घटेर ३ अर्ब ६७ करोड रुपैयाँमा झरेको छ। 

कम्पनीको सञ्चाल मुनाफा पनि १.७३ प्रतिशतले घटेर ५५ करोड १८ लाख रुपैयाँमा झरेको छ। गत वर्ष यस्तो मुनाफा ५६ करोड १५ लाख रुपैयाँ रहेको थियो। 

चुक्तापुँजी ६ अर्ब २८ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १०.८३ रुपैयाँ रहेको छ। पीई रेसियो ६०.४७ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १५८.४७ रुपैयाँ रहेको छ।