काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको मंगलबार (मंसिर २० गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजी ६ अर्ब ७५ करोड १७ लाख ९५ हजार ६७५.२३ रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने १ अर्ब १ करोड २७ लाख ६९ हजार २०१.३८ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा ७.६ प्रतिशतले हुन आउने ५० करोड ६३ लाख ८४ हजार ६००.६४ रुपैयाँबराबरको बोनस सेयर र ७.६ प्रतिशतले नै हुन आउने ५० करोड ६३ लाख ८४ हजार ६००.६४ रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश अनुमोदन गर्न सञ्चालक समितिको बैठकले कम्पनीको २६ औँ वार्षिक साधारणसभाबाट आउँदो पुस २३ गते आयोजना गर्ने निर्णय गरेको छ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस ३ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ मंसिर २९ गते (पुस १ गते शुक्रबार र पुस २ गते शनिबार)सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
24 minutes ago
42 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago