काठमाण्डौ । एक हप्ताको व्यापक विरोध प्रदर्शनपछि चीनले कडा कोभिड प्रतिबन्धहरु खुकुलो गरेको छ।
संक्रमित व्यक्तिहरु अब क्वारेन्टाइन शिविरमा बस्न बाध्य हुने छैनन् र घरमा अलग्गै बस्न सक्नेछन्। यद्यपि यी नियम हल्का वा कुनै संक्रमण नभएकाहरुका लागि हुन्।
अब भने नेगेटिभ टेस्ट रिपोर्ट पनि चीनमा जताततै जान आवश्यक छैन। तर, विद्यालय र अस्पतालमा पीसीआर रिपोर्ट अनिवार्य छ। चीनका नागरिकले नयाँ परिवर्तनबाट पक्कै राहत महसुस गरेका छन् तर यो अचानक परिवर्तनले उनीहरुको चिन्ता पनि बढाएको छ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बुधबार कोभिड प्रतिबन्धमा धेरै परिवर्तनको घोषणा गरेको हो। अब लकडाउनजस्ता प्रतिबन्धहरु प्रभावित क्षेत्र र भवनमा मात्र लगाइनेछ।
यसअघि संक्रमित भेटिएका वरपरका ठूला क्षेत्रमा लकडाउन लगाइएको थियो। योसँगै धेरै सहर पनि लकडाउनमा थिए।
यसका साथै उच्च जोखिम क्षेत्रका रुपमा चिह्न लगाइएका ठाउँमा ५ दिनभित्र नयाँ केस फेला परेन भने लकडाउन हटाइनेछ। विद्यालयमा ठूलो संख्यामा कोरोना संक्रमित भेटिएन भने बन्द गरिने छैन।
नयाँ परिवर्तनमा फायर एग्जिट र ढोकाहरु बन्द गर्न पनि कडा प्रतिबन्ध लगाइएको छ। यसका साथै जनतालाई आकस्मिक स्वास्थ्य सुविधा उपलब्ध गराउन पनि आग्रह गरिएको छ।
चीनको उरुम्कीमा एउटा भवनमा आगलागी हुँदा १० जनाको मृत्यु भएपछि मात्रै प्रदर्शन सुरु भएको थियो। कोभिडसँग सम्बन्धित कडा प्रतिबन्धका कारण मानिसहरु भवनबाट बाहिर निस्कन नसकेको विश्वास गरिन्छ। तर, चीनले यो दाबी अस्वीकार गरेको छ। –एजेन्सी
8 hours ago
8 hours ago
8 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago