काठमाण्डौ । कोरोनाभाइरसले निम्त्याएको अनिश्चितताका कारण चीनले यो वर्ष आफ्नो आर्थिक वृद्धिदरका लागि लक्ष्य निर्धारण नगर्र्ने दुुर्लभ निर्णय गरेको छ।

चीनका प्रधानमन्त्री ली केकियाङले आफूहरुले यो वर्षका लागि कुुनै विशेष आर्थिक वृद्धिको लक्ष्य नराखेको स्पष्ट पारेका छन्। ‘हाम्रो देशले कोरोना महामारी र विश्व आर्थिक र व्यापारिक वातावरणमा रहेको ठूलो अनिश्चिताका कारण त्यस्ता केही कारक तत्वको सामना गर्नुुपर्ने देखिएको छ, जसलाई पूर्वानुुमान गर्न कठिनाई हुुने गर्दछ’, उनले भनेका छन्। 

चीनको वार्षिक संसदीय बैठकमा प्रधानमन्त्री लीले यस्तो उद्घोष गरेका हुन्। यो बैठक कोरोनाभाइरसका कारण दुुई महिना ढिलो गरी बसेको थियो। 

केही विश्लेषकहरुले पनि प्रधानमन्त्री लीले सन् २०२० बाहेक अन्य वर्षका लागि लक्ष्य निर्धारण गर्न सक्ने अनुुमान गरेका थिए। यो वर्षको पहिलो त्रैमासमा चीनको अर्थतन्त्रमा ६.८ प्रतिशतको संकुुचन आएको थियो। सो अवधिमा चीनमा बेरोजगार दर ऐतिहासिक रुपमा उच्च रहेको थियो। 

आँकडाअनुुसार अप्रिल महिनामा यसमा केही सुुधारका संकेतहरु देखिएका थिए। अर्थशास्त्रीहरुले यो वर्ष विश्वको जीडीपी प्रक्षेपणमा कटौती गरेका छन्। 

मार्च महिनाको अन्त्यतिर चीनको चाइना इन्टरनेसनल क्यापिटल कर्पाेरेसनले सन् २०२० मा चीनको जीडीपी २.६ प्रतिशत हुुने प्रक्षेपण गरेको थियो। यसअघि कर्पाेरेसनले चीनको जीडीपी ६.१ प्रतिशत हुुने प्रक्षेपण गरेको थियो। 

चीनले जीडीपी लक्ष्य निर्धारण नगरे पनि अधिकारीहरुले अन्य सूचकांकहरु जस्तै रोजगार र मन्दी कस्तो हुुनेछ भनेर प्रक्षेपण गरेका छन्। 

प्रधानमन्त्री लीले गत वर्षजस्तै यो वर्ष पनि सरकारको लक्ष्य जनताहरुलाई बढीभन्दा बढी रोजगार प्रदान गर्नुु हुुने बताए। चीनले यो वर्ष बेरोजगार दरलाई ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ। गत वर्ष भने चीनले बेरोजगार दरलाई ५.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको थियो। – एजेन्सी