काठमाण्डौ । काउन्टरपोइन्ट रिसर्चको मासिक मार्केट पल्स रिपोर्टका अनुसार सन् २०२२ को दोस्रो त्रैमासिकमा १९.८ प्रतिशत बजार हिस्साको साथ भिभो चीनको स्मार्टफोन बजारमा पहिलो स्थानमा रहन सफल भएको छ। 

मोर ग्लोबल तथा मोर लोकल अवधारणालाई पछ्याउँदै भिभोले स्थानीय संस्कृतिलाई राम्रोसंग बुझेर विश्वव्यापीरुपमा विस्तार गरिरहेको छ।  हाल भिभोले ६० भन्दा बढी देश र क्षेत्रमा आफ्नो बिक्री नेटवर्कको शाखा विस्तार गरिसकेको छ र विभिन्न मुल्य दायरामा विश्वभरका ४०० मिलियनभन्दा बढी प्रयोगकर्ताको मन जितिसकेको छ।

सन् २०२२ को दोस्रो त्रैमासिकको सेल्स परिणामको बारेमा कुरा गर्दै भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भने, ‘भिभोको विविध पोर्टफोलियोले ब्रान्डलाई आफ्नो नेतृत्व कायम गर्दै राम्रो बजार हिस्सा ओगट्न मद्दत गरेको छ। ब्रान्डले सकारात्मक सन्देश र नवीन क्षेत्रीय रणनीतिद्वारा यो गति हासिल गरेको हो। विशेष गरी युवा ग्राहकबाट ब्रान्डले बजेट फेन्ड्ली खण्डमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ।’

नवीनता र प्रविधिमा विशेषत केन्द्रित भएर भिभोले बलियो गति कायम गर्दै सबै क्षेत्रमा ग्राहकको माया र समर्थनका लागि आफूलाई योग्य सावित गरेको छ। उपभोक्ता–केन्द्रित ब्रान्डले आफ्नो भी र वाई सिरिजका कारण यो सफलता तथा लोकप्रियता हासिल गरेको छ। भी शृंखला यसको क्यामेरा–केन्द्रित नवीनता र जेसिससँगको साझेदारी तथा वाई शृंखला, यसको प्रविधि तथा बजेट फ्ल्यागसिप अनुभवका कारण युवाको रोजाइमा परेको छ।