काठमाण्डौ । जोखिमको सूूचिमा रहेका जनावरहरुको कानुुनी सुुरक्षा बढाएसँगै चीनले अन्ततः वर्षौदेखि प्रयोग भइरहेको सालकको अंगहरुलाई परम्परागत आधिकारिक औषधिको सूूचिबाट हटाएको छ। 

सालक विश्वमै सबैभन्दा धेरै तस्करी हुुने स्तनधारी जिव हो । केही वैज्ञानिक र अनुुसन्धानकर्ताहरुले चीनको वुुहानमा रहेको जंगली जनावरको मासुु किनबेच हुुने बजारबाट कोरोनाभाइरस मानिसमा सरेको दाबी गर्दै आइरहेका छन् । 

उनीहरुका अनुुसार सालकबाट यो भाइरस मानिसहरुमा फैलिएको थियो । चीनमा रहेका काला बजारहरुमा सालकको अंगहरु महङ्गो मूल्यमा बिक्रीवितरण हुने गर्दछन् । 

चिनियाँहरुले वर्षौदेखि सालकका अंगहरुलाई परम्परागत औषधिका रुपमा प्रयोग गर्दै आइरहेका छन् । तर वैज्ञानिकहरुले सालकका अंगहरुमा कुुनै पनि औषधीय गुुण नहुुने बताएका छन् । 

गत शुुक्रबार चीनको फरेस्ट्री विभागले बढ्दो जोखिमका कारण सालकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको थियो । जंगली जनावरका कारण मानिसमा डरलाग्दा भाइरसहरु सर्नसक्ने जोखिमका कारण विगत केही महिनादेखि चीनले खानाका रुपमा जंगली जनावरहरुको मासुुको बिक्रीवितरणमा प्रतिबन्ध लगाइरहेको छ । तर, अन्य प्रायोजनका लागि गरिने कारोवार भने कानुुनसम्मत नै रहेको छ । यसमा अनुुसन्धान र परम्परागत औषधिको प्रयोग पनि समावेश गरिएका छन् । 

चीनको यो कदमलाई वन्यजन्तुुको संरक्षणका विषयमा काम गर्ने संस्था वल्र्ड वाइल्ड फन्डले स्वागत गरेको छ । फन्डले चीनले जोखिमको सूचिमा रहेको सालकको अंगको अवैध कारोवारलाई प्रतिबन्ध गर्ने घोषणाले सालकको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको जनाएको छ ।