काठमाण्डौ । चीनमा कहर मच्चाइरहेको कोरोनाको नयाँ भेरिएन्ट भारतमा पनि देखिएको छ। भारतमा ४ जना यो नयाँ भेरिएन्टबाट संक्रमित भएका छन्।

पछिल्लो समय चीनलगायत केही देशमा कोरोना संक्रमण बढेसँगै विश्वभर चिन्ता बढेको छ। चीनमा कोरोनाको सबभेरिएन्ट बीएफ.७को संक्रमण तीव्रगतिमा फैलिरहेको छ। 

भारतमा पनि यो सबभेरियन्टबाट ४ जना संक्रमित फेला परेपछि त्यहाँको केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मण्डाविया र प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा कोरोनाको अवस्था र तयारीका बारेमा जानकारी लिन उच्चस्तरीय बैठक डाकेका छन्। 

यसैबीच भारतका धेरै राज्यले यस सम्बन्धमा आपतकालीन बैठक बोलाएर तयारीका लागि सक्रिय भएका छन्।

भारतमा बिहीबार १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै त्यहाँ सक्रिय संक्रमितको संख्या कुल ३ हजार ४०२ पुगेको छ। 

कोरोनाबाट भारतमा थप एकजनाको मृत्यु भएको छ भने १९० जना निको भएर डिस्चार्ज भएका छन्। –एजेन्सी