बेइजिङ । विश्वको दोश्रो ठूलो अर्थव्यवस्था चीनले चमात्कारिक रुपमा ७० प्रतिशत गरीबी उन्मुलन गरिदिएको छ । यहीकारण देशमा प्रतिव्यक्ति वार्षिक आय ८ हजार डलर पुुगेको छ । यी सबै चमात्कारिक प्रगतिको पछाडि चीनमा ३ दशकसम्म चलेको तीव्र आर्थिक वृद्धिदरको अभियानलाई मुख्य मानिएको छ । 

चीनको केन्द्रीय क्याबिनेटको तर्फबाट जारी एक दस्तावेजका अनुसार ७० प्रतिशत गरीबी उन्मुुलन भएको बिषय समेटिएको हो । दस्तावेज अनुसार पछिल्लो ३ दशकको अवधिमा चीनका ७० करोड मानिसलाई गरीबीको दलदलबाट बाहिर निकालिएको छ ।

चीनका नागरिकहरुको जीवनस्तरमा पनि निकै ठूलो सुधार भएको छ । सन् १९७८ मा चीनको वार्षिक प्रतिव्यक्ति आय २ सय डलर थियो, तर सन् २०१५ मा यो बढेर ८ हजार डलरको उचाईमा पुुगेको हो । 

चीनको मुद्रा युुआनमा सन् १९७८ मा प्रति व्यक्ति खर्चयोग्य आय शहरी क्षेत्रमा ३४३.४ युुआन र ग्रामीण क्षेत्रमा १३३.६ युुआन थियो । सन् २०१५ मा सबै नागरिकको प्रति व्यक्ति खर्चयोग्य आय २१ हजार ९ सय ९६ युुआन पुुगेको छ । शहरी क्षेत्रमा यो ३१ हजार १ सय ९५ युुआन र ग्रामीण क्षेत्रमा ११ हजार ४ सय २२ युुआन रहेको छ । 

चीनमा तीस साल भन्दा बढी समयको सुधार अभियानले ७० करोड मानिसलाई गरीबीबाट बाहिर निकालिएको छ, यो संख्या बैश्विक गरीबी उन्मुलनको ७० प्रतिशत भन्दा अधिक हो । 

तथ्यांक अनुसार गत वर्ष चीनमा फोन कनेक्सनको आँकडा १.५४ अर्ब पुुगेको छ । यीमध्ये १.३० अर्ब मानिस मोवाइल प्रयोगकर्ता छन् । चीनमा हाल ६८ करोड ८० लाख नागरिकले इन्टरनेट प्रयोग गर्छन । स्कूलको शिक्षाको क्षेत्रमा समेत काफी सुधार आएको छ । सन् २०१५ मा ९९.८८ प्रतिशत बालबालिकाको नाम प्राथमिक स्कूलमा दर्ता भएको छ भने सिनियर हाइस्कूलको स्तरमा त्यहाँ ८७ प्रतिशत बालबालिका स्कूल गइरहेका छन् ।