काठमाण्डौ । टोयोटा मोटरको सहायक कम्पनी पोनी डट एआईले चीनमा चालकविहीन ट्याक्सी सञ्चालन गर्न अनुमति पाएको छ। अनुमति पाएसँगै उक्त कम्पनीले केही चालकविहीन ट्याक्सी भाडा चलाउन दिनेछ।
कम्पनीले चीनमा चालकविहीन ट्याक्सी चलाउन आफूहरु पहिलो कम्पनी भएको दाबी पनि गरेको छ। स्टार्टअप कम्पनीले नान्शाको ग्वान्झाउ सहरमा १००वटा चालकविहीन ट्याक्सी चलाउने अनुमति पाएको छ।
कम्पनीका अनुसार नान्साको सानो क्षेत्रफलका लागि यो स्वीकृति प्राप्त भएको छ। कम्पनीले ८०० वर्ग किलोमिटर क्षेत्रमा चालकविहीन ट्याक्सी सञ्चालन गर्नेछ।
यात्रुले पोनी डट एआईको एपबाट सवारी बुक गर्न र शुल्क तिर्न सक्छन्। यो कम्पनीले अमेरिका र चीनका सार्वजनिक सडकमा पनि चालकविहीन गाडीको परीक्षण गरिरहेको छ। –एजेन्सी
10 minutes ago
22 minutes ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
15 hours ago
15 hours ago