काठमाण्डौ । चीनमा कोरोना संक्रमणको मामिला लगातार बढिरहेको छ।
बेइजिङमा बसोबास गर्ने मानिसका लागि कडा नियमहरु लागू गरिएको छ। यो नयाँ नियमअनुसार बेइजिङमा बसोबास गर्ने व्यक्तिले कुनै पनि सार्वजनिक स्थानमा प्रवेश गर्नुअघि कोरोनाको नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ।
यी नियमहरु कहिलेसम्म लागू हुने भन्ने कुरा अझै स्पष्ट नभए पनि बेइजिङमा यसअघि पाँच दिन बिदा परेको बेला यी नियम लागू गरिएको हो।
यसका साथै मे ५ बाट बेइजिङमा सार्वजनिक यातायात प्रयोग गर्दा यात्रुले अनिवार्य रुपमा नेगेटिभ रिपोर्ट आएको प्रमाण देखाउनुपर्नेछ।
उता सांघाईमा विगत ५ साता लामो लकडाउनका बाबजुद पनि कोरोनाका नयाँ मामिलाहरु आइरहेका छन्।
अन्य धेरै देशको तुलनामा चीनमा शून्य कोभिड रणनीतिअन्तर्गत काम भइरहेको छ। चीनले यो भाइरसलाई पूर्ण रुपमा उखेल्ने प्रयास गरिरहेको छ। –एजेन्सी
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago